दफा ७३
रोक्का वा फुकुवाको विवरण दिनु पर्ने
(१) ऐनको परिच्छेद-६ख. र यस नियमावली बमोजिम कुनै संस्था वा निकायले कुनै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राखेमा अनुसूची-९ बमोजिमको ढाँचामा सम्बन्धितलाई जानकारी दिनु पर्नेछ।

(२) ऐनको परिच्छेद-६ख. र यस नियमावली बमोजिम कुनै-संस्था बा निकायले कुनै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राखेमा वा फुकुवा गरेमा त्यस्तो सम्पत्ति वा कोषको विवरण रोक्का वा फुकुवा भएको मितिले तीन दिनभित्र अनुसूची-१० बमोजिमको ढाँचामा सूचक संस्थाले नियमनकारी निकाय (र सूचक संस्था बाहेकका अन्य व्यक्ति वा निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाई सोको एक :प्रति वित्तीय जानकारी इकाईलाई समेत दिनु पर्नेछ।